दमक/ ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बाका ३३ बर्षीय डिल्ली कुमार लिम्बुले आफनै आमाको हत्या गरेका छन ।
सो आरोपमा प्रहरीले लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार आज बिहान साढे १० बजे लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार बाम्फोकले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी साँघुबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखि थप अनुसन्धान अघि बढाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।