दमक/ शनिबार र आइतबार ठाउँ ठाउँमा भएको भारी बर्षाका कारण कोशी प्रदेशका बिभिन्न ठाउँहरुमा सडक अबरोध भएको छ ।
ताप्लेजुङको मैवाखोलामा आएको बाढीले मेरिङदिन गाउँपालिका–३ स्थितमा दोभान बजार र आठराई त्रिबेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुल सम्म जाने सडकको करीब ७ मिटर खण्ड बगाएको छ ।
जसका कारण त्यहाँको सवारी आवामगन बन्द भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यस्तै फुङलिङ नगरपालिका–८ खोक्से खोलास्थित मेची राजमार्गमा सडक माथीबाट पहिरो खस्दा राजमार्ग अवरोध भएको प्रहरीले जनाएको छ । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्त बराह भित्री सडक खण्डमा सडकमा पहिरो झरेर बाटो अबरोध भएको छ ।
यसैगरी झापाको अर्जुनधारा नगरपालिका–७ खुदुवावारी–शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलको सडकको पुलमुनीको पंखामा बाढीले क्षति पुगेको छ । पूल जिर्ण अबस्थामा रहेकोले सो स्थानमा स्थानीय तहसँगको सहयोगमा बाँध बाँध्ने काम भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी ईलाम नगरपालिका–४ अधिकारी चोकमा सडकमा पहिरो झरेर बाटो अवरोध भएको छ । त्यस्तै तेह्रथुमको छथर गाउँपालिका–र सिधुवा शुक्रवारे सडकखण्डको देविथानमा सडक माथीबाट पहिरो खस्दा बाटो अवरोध भएको छ ।
अवरोध भएका सबै ठाउँमा हुन सक्ने जोखिम न्युनिकरणका लागि राहत र उद्धारको पूर्व तयारी अवस्थामा रहेको जनाइएको छ ।