दमक/ दमक २ स्थित भाङबारीबाट प्रहरीले दुई जनालाई ब्राउनसुगर र नगद एक लाख बढी रकमसहित पक्राउ गरेको छ ।
शनिबार साढे ९ बजे सो ठाउँका २३ बर्षिय पुजन दुलाल दमक ७ स्थित क्षितिज टोलका २१ बर्षिय सचिन मगरलाई ४ ग्राम ३०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट
खटिएको प्रहरी टोलीले ब्राउनसगर तौलिन प्रयोग गरिने डिजिटल तराजु र ३ थान मोवाइल र नगद रु. १ लाख २३ हजार ९०० समेत फेला पारेर नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

Facebook Comments Box