भद्रपुर/ ५३ औं अन्तर्राष्ट्रिय तथा ४० औं राष्ट्रिय साक्षरतादिवसको अवसर पारेर भद्रपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विविध कार्यक्रम गरेको छ ।
सो अवसरमा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्र्थीहरुले साँस्कृतिक कार्यक्रमसहित शैक्षिक क्षेत्रमा योगदान पुर्याउने शिक्षासेवीलाई सम्मान एवम् विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कुत गरिएको थियो ।

शिक्षा शाखाका योगेन्द्र पौडेलले सञ्चालन र शिक्षा शाखा प्रमुख उद्धव विष्टले स्वागत गरेको समारोहमा २०७५ को एसईईमा उत्कृष्ट अंक ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका छात्रछात्रालाई पुरस्कृत गरिएको थियो ।
सामुदायिक विद्यालय अन्तर्गत छात्रतर्फ एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने सुरेन्द्र शर्मा, अर्जुन दाहाल र आशुतोष पौडेल पुरस्कुत भएका छन् । उनीहरु तीनैजनावीरेन्द्र उच्चमावि चन्द्रगढीमा अध्ययन गरेका विद्यार्थी हुन् । छात्रा तर्फ हिमाली माविकी कल्पना लिम्बू, वीरेन्द्र माविकी सोनु खनाल र सोही विद्यालयकी विविसा ओली पुरस्कृत भए ।
संस्थागत अन्तर्गत छात्रतर्फ मुरारी कोइराला, हंशनारायण राजवंशी, कुशलराज कोइराला, महेश ढकाल र यशकुमार झा पुरस्कृत भएका छन् भने छात्रातर्फ इशा ढकाल, सुमित्रा न्यौपाने, विभा अग्रवाल र स्वप्निका कोइराला पुरस्कृत भएका छन् ।
यसैगरी शिक्षकलाई सम्मान गर्नेक्रममा मावितर्फ विन्दू वशिष्ठ रिजाल र खेमराज चिमरिया, निमावितर्फ विनिता राजवंशी र कुमार कार्की, प्रावि तर्फ लक्ष्मी नेपाल र नारायणप्रसाद पौडेल, बालशिक्षक मनिका हल्दार र कर्मचारीतर्फ तेजबहादुर लिम्बू सम्मानित भए ।

सो अवसरमा भद्रपुर ३ मा सञ्चालित दिव्य ज्योति शिक्षा केन्द्र भद्रपुरका सञ्चालक कालीचरण वस्नेत नगरपालिका शिक्षा, युवातथा खेलकुद शाखाद्वारा सम्मानित भएका छन् ।
समारोहमा चन्द्रभानु ज्योति माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वस्नेतलाई उत्कृष्ट अध्यक्षको रुपमा सम्मान गरेको हो ।
समारोहका अध्यक्ष भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठलगायतले वस्नेतलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरे ।

Facebook Comments Box