शिक्षण अस्पतालका दुई डाक्टर पक्राउ

Author Nishkarsha News
२०८० श्रावण २७, शनिबार ०९:५३

दमक/  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली डाक्टरमाथि चलाएको अपरेसनमा  त्रिवि शिक्षण अस्पतालका डाक्टर पनि पक्राउ परेका छन्।

त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई पनि पक्राउ गरिएको हो।  अपरेसन ‘फोस्कट्रोट’ नाम दिएर सीआईबीले चलाएको अपरेसन जारी रहेको छ। जसक्रममा अहिले थप दुई जना पक्राउ परेका प्रहरी उच्च स्रोतले जानकारी दियो।
पक्राउ पर्नेहरुमा त्रिवि शिक्षण अस्पतालका डाक्टरसहित दुई जना रहेका छन्। बारा घर भएका त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी, महोत्तरी घर भएका डाक्टर रञ्जितकुमार यादवसहितलाई पक्राउ गरेको स्रोतले जानकारी दियो।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्