दमक/ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले उत्कृष्ट कार्य गर्ने दुई वटा जिल्ला प्रहरी कार्यालयलाई प्रशंसा–पत्रद्वारा सम्मान गरेको छ ।


कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई “उत्कृष्ट जिल्ला प्रहरी कार्यालय” को प्रशंसा– पत्र प्रदान गरेको हो ।
आर्थिक बर्ष २०७९÷०८० का लागि गरिएको कार्य सम्पादन मुल्याङकन अनुसार कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालयहरु मध्येबाट सर्वाेत्कृष्ट हुन सफल जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी नायव उपरीक्षक कार्यालय प्रमुख रहने कार्यालयहरु मध्येबाट उत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई प्रशंसा– पत्र प्रदान गरिएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सर्वाेत्कृष्ट हुने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल र उत्कृष्ट हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक दिपक बहादुर के.सी.लाई प्रशंसा–पत्र प्रदान गरेका छन ।

Facebook Comments Box