दमक/ दमक १० स्थित संगम स्पोर्टिङ्ग क्लवले ध्रुवतारा कप फुटबल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।
क्लबका अध्यक्ष रबिन कटुवालको अध्यक्षतामा आज एक कार्यक्रमको आयोजना गरी बिजेता खेलाडीहरुलाई सम्मान गरिएको हो ।
हालै सम्पन्न प्रतियोगिताको फाईनल खेलमा वडा नम्बर १० ले वडा नम्बर ८ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै उपाधि जितेको थियो । पहिलो पटक भएको प्रतियोगिताको उपाधि बिजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष राजेन्द्र भण्डारी, क्लबका अध्यक्ष कटुवाल, क्लबका निवर्तमान अध्यक्ष खेम दाहाल, खेलकुद समितिका संयोजक राजेन्द्र अधिकारी लगायतले सम्मान गर्दै हौसला प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन क्लवका सचिव लेखनाथ मिश्रले गरेका थिए ।

Facebook Comments Box