दमक / दमक उद्योग बाणिज्य संघको यहि भदौ २० गते हुन गईरहेको निर्वाचनमा प्रगतिशील समूहको तर्फबाट खुल्ला सदस्यमा दमकका युवा व्यवसायी राजकुमार थापा उम्मेद्बार बनेका छन् ।

दमक २ मा न्यू हिमाल सेन्टर फर्म सञ्चालन गरि व्यवसायिक संगै सामाजिक ,राजनीति क्षेत्रमा कृयाशील थापा आफू मतदाताहरुको इच्छा अनुसारनै उम्मेद्वार बनेका कारण चुनाव जित्नेमा आशावादी रहेको बताउँछन् ।
निर्माण ब्यबसायी समेत रहेका थापा व्यवसाय वाहेक राजनीतिमा समेत उतिकै सकृय छन् ।  उनी जे एण्ड जे कम्पनी प्रालिका अध्यक्ष पनि हुन् ।  युवा संघ साविक झापा क्षेत्र न ७ का अध्यक्ष हाल राष्ट्रिय युबा संघ प्रदेश कमिटी सदस्य समेत रहेका थापाले समय व्यवस्थापन गरि काम प्रति जिम्म्ेवारी वहन गरिए सफल्ता प्राप्त गर्न सकिने जनाउछन् ।
युवाहरु माँझ लोकप्रिय थापा आफूले वाणिज्य संघको खुल्ला सदस्यको उम्मेदवार भएपछि आम व्यवसायीहरुको सहयोग र सहानुभूति पाएकाले यसले जित्ने आधार वलियो वन्दै गएको बताए । समग्र ब्यवसायीहरुको व्यवसायिक हकहितका लागि संघमा बसेर काम गर्ने आफ्नो दृढ संकल्पका कारण आफूले उम्मेदवारी दिएको थापाले स्पष्ट पारेका छन् ।

Facebook Comments Box