दमक/ दमकमा इजाजत नभएका औषधीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेर औषधी व्यवस्था विभागमा बुझाएको छ ।
दमक ७ पशुहाटमा बिना ईजजातका औषधीको कारोबार गर्ने सोही ठाउँका २६ बर्षिय दिपेश खडका, वडा नं ६ का ३३ बर्षिय रोशनकुमार साह र इलाम दानाबारी घर भई हाल दमक ८ मा बस्दै आएका २६ बर्षिय सञ्जिब सुवेदीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
ठुलो परिमाणमा अनुमति बिनाका औषधीहरुको कारोबार भइरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकको टोलीले गएको शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनीहरुको साथबाट Tramadol Hydrochloride capsul IP, ८५६० क्यापसुल, Spaspain Tablets ७००० ट्याबलेट फेला परेको छ । प्रहरीले उनीहरुले प्रयोग गरिरहेको प्र १–०१–०१२ प ८५३५ नम्बरको स्कुटर समेत
नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि औषधि व्यवस्था विभाग कार्यालय विराटनगर पठाएको जनाइएको छ ।

Facebook Comments Box