मोरङ/ मोरङको पथरी शनिश्चरे नगरपालिका-३ बाट १ थान कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय  राज कुमार तुम्बापोलाई घरैबाट कटुवा पेस्तोल सहित आईतवार साँझ पक्राउ गरेको हो । पक्राउ परेका तुम्बापोका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box