दमक/ दमक ५ स्थित नारायणगोपाल टोलबाट तीन जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

गौरादह नगरपालिका वडा नं.५ घर भई हाल दमक नगरपालिका वडा नं.५ मा बस्दै आएका २७ बर्षिय सरोज सुब्बा र ३२ बर्षिया मिना राई र कमल गाउँपालिका वडा नं ४ का ३५ बर्षिय सुमन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको हो । सुब्बा र राई बस्दै आएको कोठामा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ८ ग्राम फेला परेको थियो ।

आइतबार दिउँसो २ बजे पक्राउ परेका उनीहरुमाथि आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

 

Facebook Comments Box