दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा खुल्ला महिला सदस्य २ का लागि पाँच जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।
ति मध्ये एक हुन चन्द्रमाया निरौला अधिकारी (जमुना) ।

दमकमा विगत ९/१० बर्षदेखि व्यवसाय सञ्चालन गर्दै सामाजिक तथा सहकारीका क्षेत्रमा समेत क्रियाशील जमुना प्रगतिशील समुहबाट उम्मेद्वार छिन् ।
जेके मोवाइल ग्यालेक्सीकी प्रोप्राइटर जमुना स्वर्णलक्ष्मी साकोसकी कोषाध्यक्ष, पतञ्जली योग समिति झापाकी कोषाध्यक्ष, मोवाइल व्यवसायी संघ सदस्य तथा रोटरी क्लब र क्विन्स इन्टरनेशल क्लबमा समेत आवद्ध रहेकी उनले आफ्नो उम्मेद्वारी आम व्यवसायीहरुको हक हित र सरकारले ल्याएका विकासे योजनाहरुको कार्यान्वयनका लागि भएको बताएकी छिन् ।
व्यवसायीहरु माझ आफू पुग्दा सबैले सकारात्मक प्रतिक्रिया दिईरहेकाले निर्वाचन जित्नेमा ढुक्क रहेको उनले बताइन् ।

Facebook Comments Box