कनकाई/ लायन्स क्लव अफ कनकाई दुर्गापुरको स्थापना भएको छ । यस क्षेत्रका युवा समाजसेवी दिपक खतिवडाको अध्यक्षतामा गठित २० सदस्यीय लायन्स क्लवको प्रथम उपाध्यक्षमा तिलचन रिजाल, दोस्रो उपाध्यक्षमा भुवन खतिवडा र तेस्रो उपाध्यक्षमा रमन अधिकारी रहनुभएको छ । यसैगरि सचिवमा डिल्ली रिजाल, कोषाध्यक्षमा प्रमिला नेपाल र सहसचिवमा इशवर सुवेदी रहेका छन ।
यसैगरि सहकोषाध्यक्षमा सरिता अधिकारी, जनसम्पर्क अधिकारीमा युवराज बोहोरा, कार्यक्रम संयोजकमा राजेश श्रेष्ठ, वातावरण संयोजकमा खगमाया चापागाईँ र टिटी संयोजकमा माधव वराल रहेका छन । यसैगरि सदस्यहरुमा सम्भु पोखरेल, भगवती पाठक, रमेश सेर्पा दावा, युवराज अधिकारी, जगनाथ सिग्देल र प्रदिप दंगाल छन । । लायन्स क्लवका डिस्टिक सचिव तथा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीला चिमरियाको प्रमुख आतिथ्यतामा उक्त क्लवको स्थापना गरिएको हो ।
लायन्स क्लवको मुल नारानै हामी सेवा गछौ रहेकोले यस क्षेत्रका विरामी र कमजोर आय भएका रोगी दुखीहरुको सेवामा रहने अध्यक्ष दिपक खतिवडाले बताउँनुभयो । लायन्सले सामाजिक क्षेत्र, वृद्धबृद्धाहरु र पिछडिएका वर्गका लागि सदैव कार्यक्रमहरु गरिरहेको खतिवडाले बताए । क्लवमा हाल २० जना सदस्य भएपनि यसलाई निरन्तर थप गर्दै लैजाने सचिव डिल्ली रिजालले बताए ।