दमक/ विश्व वैंकको सहयोगमा नगरकै नमुना बन्न लागेको मदनडाँगी ताराबारी डिपु सडकको शिलान्यास गरिएको छ ।

दमक वडा ५ र १ को सीमा क्षेत्र स्वर्गिय धनबहादुर श्रेष्ठको घर देखी वडा नम्बर ४ को ताराबारी डीपु सम्म निर्माण हुने चार लेन सडकको नगर प्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले संयुक्त रुपमा शिलान्यास गरेका हुन ।
सडको शिलान्यास गर्दै नगर प्रमुख थापाले तोकिएको समयमै सम्पन्न गर्न सम्बन्धित कम्पनीलाई आग्रह गरे । यो सडक दमककै नमुना बन्ने भएकोले पनि यसको छुट्टै महत्व रहेको भन्दै उनले सडक निर्माणका क्रममा गुणस्तरमा सम्झौता नहुने बताए ।

शिलान्यास कार्यक्रममा नगर उप प्रमुख रेगिना भट्टराईले सडक निर्माणमा यस अघिनै सडकको रेखांकन गरिसकिएको कारण यस क्रममा कुनै अवरोध नआउनेमा विश्वस्त रहेको उल्लेख गरिन ।
सडक निर्माणका लागी रेखदेख समितिले निरन्तर काम गर्ने र कुनै गुनासो भए गुनासो सुनुवाई समितिले सहजिकरण गर्ने भएकोले पनि सडक निर्माणमा समयमै सम्पन्न हुनेमा आफुहरु आशाबादी रहेको उपप्रमुख भट्टराइको भनाई छ ।
दमककै नमुना बन्ने सडकको बीचमा हरियाली क्षेत्र समेत रहने छ भने सडक को दुवै तर्फ बिजुली बत्तीको जडान गरिने र सडकको दुवै तिर ढल (नाला) बन्ने भएकाले यो सडक नमुना हुने उल्लेख गरिन ।

१५ मिटर चौडाईको पाँच किलोमिटर सडक निर्माणका लागि ४४ करोड २४ लाख १५ हजार ५ सय २७ रुपैयाँमा ठेक्का लागेको दमक नगरपालिकाका ईन्जिनियर अनन्त सेनेहाङले जानकारी दिए । सडक निर्माणका लागि विश्व बैंकले नेपाल सरकारलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराएको र सडकमा पैदल लेनसहित साईकल लेन समेत हुने उनले बताए ।
सडक निर्माणको योजना आगामी २०८२ असार ११ सम्ममा सक्नु पर्ने सम्झौता रहेको ईन्जिनियर सेनेहाङले जानकारी दिए ।

 

Facebook Comments Box