दमक/एनआरएन चीनको अधिवेशनले प्रदिप न्यौपानेको अध्यक्षतामा एनआरएन चीन शाखाको नेतृत्व चयन गरेको छ ।
हालै भएको अधिवेशनले सो नेतृत्व चयन गरेको हो ।
सो शाखाको सचिवमा झापाको कमल १ घर भई चीन र दमकमा समेत व्यवसाय सञ्चालन गर्दै आएका तीर्थ पौड्याल निर्वाचित भएका छन् ।
उपाध्यक्षमा खुश्वु अग्रवाल, सुशील वेलबाँसे, महासचिवमा याम बहहादुर क्षेत्री, सचिवमा पौडेलसंगै मुकेश श्रेष्ठ र कोषाध्यक्षमा रञ्जिता आचार्य, सहकोषाध्यक्षमा बलराम लामा, महिला संयोजकमा सविता बर्तौंला र युवा संयोजकमा सुरज न्यौपाने निर्वाचित भए । कार्य समितिमा अन्य ९ जना सदस्यहरु पनि निर्वाचित भएका छन् ।