खोटाङ र तेह्रथुमका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो १ बजे खोटाङको खोटेहाङ गाउपालिका– ६ कच्चि सडक खण्डमा खोटाङ बजारबाट रसुवातर्फ जादै गरेको ना. ६ त २४६६ नम्बरको ट्याक्टर सडकबाट खस्दा ट्याक्टर चालक खोटेहाङ– ३ का २३ बर्षीय पवन तामाङको मृत्यु भएको हो ।
त्यसैगरी तेह्रथुमको आठराई गाउँपालिका– ६ स्थित बा. ६८ प ५८३८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका आठराई– ३ का २५ बर्षीय नबिन थिङलावुको फिदिम अस्पतालतर्फ लादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।

Facebook Comments Box