सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा बिहिबार फैसला आउने भएको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएपछि हेर्दाहेर्दैमा राखेर बिहीबारको लागि फैसला सारिएको हो ।
सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदनमाथिको सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । यसअघि सर्वोचचले कुनै पनि दीर्घकालिन प्रभावका निर्णय नगर्न अन्तरिम आदेश पनि दिएको थियो ।