सर्लाही/ सर्लाहीको ईश्वरपुर नगरपालिका-९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ ।

सदरमुकाम मलङ्गवास्थित कार्यालयबाट मङ्गलबार राति घरतर्फ आउँदै गर्दा बागमती प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक २९ वर्षीय वसन्त साहको मृत्यु भएको हो । ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी साह फूलजोर-त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा आज बिहान फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनास्थलको प्रकृति मुचुल्का सङ्कलन भइरहेको जनाकारी दिए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा अधिकारीको टोली घटनास्थमा  छ ।

Facebook Comments Box