दमक/ झापा र मोरङका छुट्टा छुट्टै ठाउँबाट अबैध लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो पौने १२ बजे बिराटनगर महानगरपालिका –१६ हुलास चौकमा भारतबाट नेपालतर्फ आउदै गरेका झापा कमल गाउँपालिका –६ का बिबेक ग्वालाको साथबाट लुपिजेशि, एभिल, फेनारागन रडाइजोपाम गरी जम्मा २६एम्पुल लागुऔषधी बरामद भएको हो । यसैगरी हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको पथरीशनिश्चरे नगरपालिका १ रत्नचोकबाट स्थानीय २१ बर्षीय शैलेस गुरुङको साथबाट ब्राउनसुगर बरामद गरेको थियो । त्यस्तै बिर्तामोड नगरपालिका–४ भद्रपुररोड बाट १ ग्राम १ सय मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित स्थानीय २५ बर्षीय रबी चौधरी, १९ बर्षीय प्रियान्स साह र २४ बर्षीय विशाल बि.कलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको छ ।

 

Facebook Comments Box