पाँचथर/ पाँचथरको फिदिम नगरपालिका –२ ओदिनस्थित मेची राजमार्गमा मोटरसाईकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।
हिजो दिउँसो साढे १ बजे फिदिम तर्फ आउदै गरेका झापाको बिर्तामोड नगरपालिका–८ मेथिबारीका २४ बर्षिय युबराज अधिकारीले चलाएको प्र.१–०३–००१ब००१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट अंदाजी ५मिटर तलझरेर दुर्घटना भएक थियो ।
दुर्घटनामा परेर गम्भिर घाईते भएका उनलाई जिल्ला प्रहरी कार्यालय पाचँथरबाट खटिएको प्रहरीको टोलीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगेकोमा उपचारको क्रममा रातीनै मृत्यु भएको प्रहरीले जनाएको छ ।