दमक/  पैसा अभाव देखाउँदै स्थानीय सञ्चार माध्यमहरुलाई यसअघि दिदै आएको बार्षिक अनुदान  कटौती गरेको दमक नगरपालिकाले एक निर्माण कम्पनीलाई भने कामनै नगरी झण्डै २ करोड रुपैयाँ दिएको सार्वजनिक भएको छ ।
दमक वडा नं. ७ मा ४३ करोडभन्दा बढिको लागतमा दमक नगरपालिकाले बनाउन लागेको ‘दमक सपिङ्ग कम्प्लेस’ को काम शुरु नभई निर्माण ब्यवसायीले १ करोड ९० लाख लगेको सार्वजनिक भएको हो ।
१३ औ नगर सभामा लेखा प्रतिवेदनमा काम नै शुरु नभइ यति ठुलो रकम निकासा भएको भन्दै निर्माण ब्यवसायीलाई छिटो काम गर्न लगाउनु पर्ने सुझाव दिएपछि यो बिषय बाहिर आएको हो । काम शुरु नै नभइ तथा शुरु हुने अवस्था नै नरहेको अवस्थामा ऋणको ठुलो रकम निर्माण ब्यवसायीलाई दिएको भन्दै नगर सभा सदस्यहरुले यो बिषयमा बोलेका हुन ।
नगर विकास कोष र दमक नगरपालिकाबीच ऋण सम्झौता बमोजिम दमक नगरपालिकाले आवश्यक प्रक्रिया पुगेपछि पुस २५ गते सपिङ्ग कम्प्लेस निर्माणका लागि नव सिर्जनशिल÷बंगालमुखी जेभि काठमण्डौबीच सम्झौता गरेको र भोलिपल्ट पनि १ करोड ९० लाख ४ हजार ४१० रुपिया मोबिलाइजेशन पेश्की भनेर लिएको पाइन्छ ।
दमक वडा नं ७ को सुनचाँदी लाइनमा निर्माण हुने दमक सपिङ्ग कम्प्लेक्स निर्माणको लागि बोलपत्र मुल्यांकनमा सिफारिस भई स्वीकृत भएको भएपनि काम शुरु नभएको नगरपालिकाका लेखा समितिले औल्याएपछि नगर सभामा बाहिर आएको हो । नवसृजना÷बंगलामुखी जे.भी.कन्स्ट्रक्सन कम्पनीलाई मोबिलाइजेशन रकम १ करोड ९० लाख भुक्तानी भएको पाइयो तर उक्त कम्पनीले हाल सम्म कुनै पनि निर्माण कार्य अघि नबढाएको हुँदा यथाशिघ्र निर्माण हुने वातावरण बनाई तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न ध्यान पुर्याउनुपर्ने सुझाव राख्दछु, लेखा समिति संयोजक गोपालकृष्ण संग्रौलाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।  दमक नगरपालिकाको यहाँका सुकुम्बासीहरुलाई बैकल्पिक बसोबासको व्यवस्था मिलाएर सपिङ्ग कम्प्लेस निर्माण गर्ने महत्वकाक्षी योजना अघि सारेको थियो ।
Facebook Comments Box