दमक/ दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा रहेका उम्मेदवारहरु मध्ये ज्ञाननाथ पौडेल (ज्ञानु) युवा व्यवसायीहरुमाझ छुट्टै पहिचान बनाउन सफल उम्मेद्वार हुन् ।  उनी सत्तारुढ नेकपा निकटको प्रगतिशील व्यवसायी समुहको तर्फबाट तृतीय उपाध्यक्षका उम्मेद्वार हुन् ।

लामो समयदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील पौडेल सरल र असल बानी व्यवहार भएका उदियमान युवा व्यवसायीका रुपमा चिनिन्छन् ।
आर्थिक अनुशासन र पारदर्शीताका लागि पौडेल उत्कृष्टहरुको सूचीमा अटाउन सक्छन् ।
गरीब, असहाय र दिनदुखीहरुको सेवाका लागि सधैं सहयोग गर्न तत्पर हुने पौडेल सफलताका लागि सधैं मेहनत, परिश्रम र इमान्दार व्यवहार हुनुपर्ने मान्यता राख्छन् ।
दमक ६ स्थित देवकोटा चोकमा दमक होम ग्लोरी नामक व्यवसायिक फर्म सञ्चालन गर्दै आएका पौडेल अघिल्लो पटक भएको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लोकप्रिय मत ल्याएर कार्य समिति सदस्यमा निर्वाचित भएका हुन् ।
व्यवसायसंगै सामाजिक काममा सक्रिय पौडेल लायन्स क्लबमा आवद्ध भएर अहिले लायन्स क्लब लखनपुरको अध्यक्ष पदमा जिम्मेवारी निर्वाह गरि आएका छन् ।
आवश्यक कुरा मात्रै बोल्ने, स्पष्ट धारणा राख्ने र आवश्यक परेको ठाउँमा सहयोगी हात अघि बढाउन सधैं तत्पर हुने गरेका पौडेलको पारिवारिक पृष्ठभुमी पनि व्यापारनै हो ।
दाजु नारायणप्रसाद र भाइ रोशनको समेत अटुट सहयोगले उनी व्यापारसंगै सामाजिक सेवाका काममा निस्कन फूर्सद पाउँछन् । सामाजिक कामका लागि आफूले कमाएको धनको केहि प्रतिशत रकम खर्चिन पाउँदा खुशी लाग्ने गरेको पौडेल बताउँछन् । उनलाई वित्तिय क्षेत्रमा समेत लगानीकर्ताको परिचय बनाईरहेका पौडेल द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक पनि हुन् ।

Facebook Comments Box