पथरीशनिश्चरे/ मोरङ पथरीशनिश्चरेका एक बृद्वको  जिल्ला कारागारमा ज्यान गएको छ ।
विराटनगर हाटखोलामा रहेको  कारागारमा बिहीबार बिहान पथरीशनिश्चरे ३ घर भएँका ६८ वर्षीय दलबहादुर दमाईको ज्यान गएको हो ।
उनी कर्तव्य ज्यान मुद्दामा बैशाख ७ गतेदेखि कारागारमा थिए । सोहि दिन बिहान अचानक बिरामी परेर बेहोस भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियोे । उच्च रक्तचापका कारण उनको मृत्यु भएको चिकित्सकको अनुमान  छ ।
दमाईलाई खुट्टा सुन्निने, छात्ती दुख्नेलगायत स्वास्थ्य सम्बन्धी पुरानै समस्या थियो। यसअघि पनि पटक-पटक उपचारका लागि लैजाने गरिएको कारागारका जेलर कृष्ण खड्काले जानकारी दिए ।
Facebook Comments Box