कोशी प्रदेशका धेरै ठाउँ गएरातीदेखि भएको भारी बर्षाका कारण जलमग्न भएका छन । शहरदेखि गाउँ सम्मका बस्तीहरु पानीको डुबानमा परेका छन । दमकसहित विभिन्न ठाउँमा बर्षा बढेको छ । सडक तथा बस्तीहरु जलमग्न भएपछि बिद्यार्थीहरुको बिद्यालय आवतजावतमा जोखिम बढेको छ । दमकमा निर्माणाधिन कतिपय सडक तथा पक्की ढलहरुमा जमेको पानीका कारण बालबालिकाहरु जोखिममा परेका हुन । बसपार्क क्षेत्र, दमकको वडा नं १, ५, ७ र ८ नम्बर वडाका विभिन्न ठाउँमा सडकमै पानीको निकास अवरुद्ध भएका कारण आवागमनमानै समस्या भएको देखिएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक –दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राती भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।