दमक/ दमक ४ का वडाध्यक्ष पुण्यप्रसाद दाहालले वडाबासी दिर्घरोगीहरुको उपचारमा गर्दै आएको सहयोगलाई निरन्तरता दिएका छन ।
दाहालले आज ( सोमबार) सो वडाका २५ बर्षिय दिपेश काफलेको परिवारलाई नगद १० हजार रुपैयाँ सहयोग रकम प्रदान गरेका हुन । वडाध्यक्ष दाहालले आफूले प्राप्त गर्ने भत्ता वापतको रकम वडाबासीहरुको सेवामा खर्चिने प्रतिबद्धता अनुसार सो सहयोग प्रदान गरेका नेपाली कांग्रेस दमक ४ का सभापति राजेन्द्र सिटौलाले जानकारी दिए ।
मिर्गौला सम्बन्धी समस्याबाट पीडित काफलेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यसैसाता वडाध्यक्ष दाहालले सोही वडाका लक्ष्मी धिमालको परिवारलाई पनि यस किसिमको सहयोग प्रदान गरेका थिए । उनले सेवामुलक यो अभियानलाई आफनो कार्यकाल भरी निरन्तरता दिने प्रतिबद्धता जनाएका छन ।