दमक/ मोरङको लेटाङ ३ स्थित लेटाङ–कानेपोखरी स्थित भित्री सडक खण्डमा अटोलाई पिकअपले ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटो चालक कानेपोखरी गाउँपालिका वडा नं ६ का अन्दाजी ३५ बर्षिय सागर तामाङ र अटोमा सवार सोही ठाउँकी ८ बर्षिया रोश्नी मगरको मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । तामाङको मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा उपचारका लागि पुरयाउनसाथ मृत्यु भएको हो भने रोश्नीको गोल्डेन अस्पताल विराटनगरमा राती पौने १० बजे मृत्यु भएको हो ।
शुक्रबार साँझ अन्दाजी साढे ७ बजे लेटाङबाट कानेपोखरी तर्फ जादै गरेको प्र.न.१–०२–००३ ह १३१२ नम्बरको अटोलाई बिपरित दिशा तर्फ बाट आउदै गरेको प्र.न.१–०२–००२ च ४१७३ नम्बरको बोलेरो पिकअप गाडीले ठक्कर दिएको दिँदा सो दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
८ बर्षिया बालिका रोश्नीकी आमा अन्दाजी ३५ बर्षिया टिका आलेमगरको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।