मोरङ/ मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत घुससहित कार्यकक्षबाटै पक्राउ परेका छन् ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले लेखा अधिकृत शेखर ढकाललाई उनकै कार्यकक्षमा घुस वापतको नगद २ लाखसहित पक्राउ गरेको हो ।
अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन ।

ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको आयोगद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

 

Facebook Comments Box