दमक/ दमक नगरपालिकाले नगरको प्रथम नागरिक धिमाल समुदायका स्कुले बिद्यार्थीहरुलाई शैक्षिक सामागी्र र पोशाक वितरण गर्नुका साथै परम्परागत गहना हस्तान्तरण गरेको छ ।

दमक वडा नम्बर ४ जाम्बुझार ग्रामथानमा आज एक औपचारिक कार्यक्रम गरी बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रि र पोशाकका साथै परम्परागत गहना हस्तान्तरण गरेको हो ।
ति सामाग्रि हस्तान्तरण गर्दै नगर प्रमुख थापा र उपप्रमुख रेगिना भट्टराईले धिमाल समुदायको बिकासका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने बताए ।

प्रथम नागरिक धिमाल ब्यवस्थापन समिति अध्यक्ष तेजबहादुर धिमालको अध्यक्षता र दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कक्षा ८ सम्म अध्ययन गर्ने स्थानीय २५ जना बिद्यार्थीहरुलाई दुई दुई जोर बिद्यालय पोशाक, एउटा स्कुल ब्याग, एक –एक जोर जुत्ता र कपी किताबको सेट उपलब्ध गराईएको प्रथम नागरिक धिमाल ब्यवस्थापन समिति सचिव रत्न धिमालले जानकारी दिए । त्यसैगरी सोहि कार्यक्रममा ब्यवस्थापन समितिको संरक्षकत्व रहने गरी धिमालका परम्परागत गहना पनि हस्तान्तरण गरिएको थियो । धिमाल महिलाहरुले लगाउने चाँदीका चन्द्रहार, विसमाला, गोसमाला, टाकाहारी र कल्ली दुई सेट नगरपालिकाको तर्फबाट हस्तान्तरण गरिएको हो । परम्परागत गहना ४ लाख रुपैयाँ बराबरको र शैक्षिक सामाग्रीहरु १ लाख ६० हजार रुपैयाँ बराबरको उपलब्ध गराईएको दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख केशब प्रसाईंले जानकारी दिए ।

Facebook Comments Box