झापा दमक ४ का वडाध्यक्ष पुण्यप्रसाद दाहालले भत्ता बापत राज्यबाट प्राप्त रकम सामाजिक सेवामा योगदान गर्ने अभियानलाई निरन्तरता दिएका छन ।

दाहालले निर्वाचनताका गरेको प्रतिबद्धता अनुसार वडाबासी दिर्घरोगीहरुलाई औषधी उपचारमा सहयोग पुरयाउने उद्धेश्यले शुरु गरेको यो कामलाई निरन्तरता दिएका हुन । वडाध्यक्ष दाहालले बिहिबार (आज) सो वडाको प्रतिभा टोल निवासी मिर्गौला सम्बन्धि बिरामबाट पीडित लक्ष्मी प्रसाद धिमालको उपचार सहयोगार्थ नगद १० हजार रुपैयाँ प्रदान गरेका छन ।

२०७९ बैशाख ३० गतेको स्थानीय तह चुनावमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका दाहालले बिहिबार (आज) बिहान धिमाल परिवारलाई घरमै पुगेर सो रकम हस्तान्तरण गरेका पार्टीका वडा सभापति राजेन्द्र सिटौलाले जानकारी दिए ।

सो पार्टीका वडा सभापती सिटौलासहित नेता, कार्यकर्ताहरु समेतको उपस्थितीमा वडाध्यक्ष दाहालले त्यस किसिमको सहयोग अभियानलाई निरन्तरता दिइरहेका छन ।
वडाध्यक्ष दाहालले निर्वाचित भएको एक बर्षको अवधिमा वडामा ११ जना यस किसिमका बिरामीहरुलाई तथा सामुदायिक बिद्यालयका बालबालिकाहरुको छात्रवृत्तीमा समेत आफनो भत्ता सुविधा वापतको रकम खर्चिएका छन ।

निर्वाचन ताका सस्तो लोकिप्रयताका लागि भत्ता रकम नलिने घोषणा गरेका उम्मेदवारहरु धेरै जसो चुनाव जित्नै नसकेका र जितेकाहरुले पनि त्यसको कार्यान्वयनमा इमान्दारिता नदेखाएर आलोचना खेपिरहेका बेला दमकमा वडाध्यक्ष दाहालको यो अभियानको नगरबासीहरुले खुलेर प्रशंसा गरिरहेका छन ।

Facebook Comments Box