इटहरी/ सुनसरीको ईटहरीमा टिफरको ठक्करबाट एकै परिवारका आमा छोरीको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको दुर्घटनामा आमाछोरीले ज्यान गुमाएपछि ईटहरी शोकमा डुबेको छ ।
दिउँसो ३.२० बजेतिर इटहरीको मुख्य चौकमा ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार इटहरी ८ की सरिता चौधरी र उनकी छोरी अंशु चौधरीको मृत्यु भएको हो । टिपरको ठक्करबाट सरिताको घटनास्थलमै मृत्यु भएको हो भने अंशुको उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटनापछि आक्रोशित स्थानीय र प्रहरीबिच झडप समेत भएको थियो । स्थानीयले ठक्कर दिने टिपरमा आगजनीको प्रयास समेत गरेका थिए । यसैबिच ईटहरीस्थित कोसी सेन्ट जेम्स कलेजमा बिबिएस प्रथम बर्षमा अध्यायनरत अंशु सहित उनकी आमाको निधन भएप्छि असार २० गते बुधबार स्कुल र कलेजले शोक विदा दिएको छ ।