दमक , झापाको मेचीनगरमा आज बिहान फुल टिप्न बाहिर निस्किएको समयमा हात्तीले आक्रमण गरेर एक जना बृद्दाको ज्यान लिएको छ । बिहान करिब ५ बजे वडा नम्बर १० बाङे चोकका बैजनाथ शाहको घरमा बस्दै आएकी साहकी सासू भारतीय नागरिक ८० बर्सिया पानालालदेवी शाहको मृत्यु भएको हो । उनलाई शाह घरबाट केही टाढा फुल टिप्न गएको समयमा जंगली हात्तीले एक्कसी आक्रमण गरेको थियो । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।