दमक/ नेपाल तरुण दलको केन्द्रिय समितिमा ७ जना झापाली तरुण नेताहरु परेका छन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधान अनुसार बिद्धान गुरुङको संयोजकत्वमा गठन गरेको तरुण दलको केन्द्रिय तदर्थ समितिमा पर्ने झापाली तरुण नेताहरुमा रोशन विष्ट, नेत्रप्रसाद पौडेल, राजेन्द्र उप्रेती, श्रीप्रसाद सिटौला, श्याम प्रसाद सिटौला, सजेश शिवाकोटी र निरज निरौला रहेका छन ।
केन्द्रीय समितिमा परेका विष्ट कांग्रेस दमकका नेता हुन । एक कार्यकाल नेविसंघ झापाको सभापतिमा बिताएका विष्टले एक कार्यकाल पार्टीमा दमकको २ नम्बर वडा सभापति र एक कार्यकाल नगर सभापतिको जिम्मेवारी सम्हालिसकेका छन । पौडेल झापा क्षेत्र नं ४ का हुन ।
उनी मोरङमा नेविसंघको राजनीतिबाट उदाएका नेता हुन । महेन्द्रमोरङ क्याम्पसमा स्ववियु निर्वाचन समेत जितिसकेका उनी कांग्रेसको १३ औं महाधिवेशनमा जनसम्पर्क समिति अष्ट्रेलियाबाट महाधिवेशन प्रतिनिधी बनेका थिए । पौडेल १४ औं महाधिवेशनमा झापाको क्षेत्र नं ४ अन्तर्गतको गौरीगञ्ज १ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चुनिँदै महाधिवेशन प्रतिनिधीमा प्रतिस्पर्धा गरेका थिए ।
पार्टी नेता कृष्ण सिटौला पुत्र श्याम प्रसाद सिटौला र सुधिर शिवाकोटी पुत्र सजेश शिवाकोटीले तरुण दलमा स्थान ओगटदै गर्दा झापाको गौरीगञ्ज १ महाभारामा सामान्य किसान परिवारमा जन्मिएर मोरङ हुँदै अष्ट्रेलियामा रहेर समेत कांग्रेस राजनीतिमा सक्रिय भुमिका निर्वाह गरि स्वदेश फर्किए पश्चात पनि निरन्तर राजनीतिमा लागेका हुन पौडेल ।