दाङ/ दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन । आज मङ्गलवार वडाध्यक्ष शाहले घोराहीका मेयर नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाएका हुन ।

उपमहानगरले असार १० गते ल्याएको बजेटप्रति असुन्तुष्टि जनाउँदै वडाध्यक्ष शाहले पदबाट राजीनामा दिएको स्रोतले बताएको छ । वडामा पर्याप्त बजेट विनियोजन नगरेको भन्दै उनले पदबाट राजीनामा बुझाएको स्रोतको दाबी छ । वडाध्यक्ष शाहको राजीनामा स्वीकृत भने भइसकेको छैन । गएको चुनावमा शाह नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । घोराही उपमहानगरमा मेयर र उपमेयर पनि एमालेबाटै निर्वाचित भएका छन ।

Facebook Comments Box