दमक/ इलामको माङ्सेबुङ गाउँपालिका वडा नं ५ स्थित बाह्रलाखेमा आज बिहानको राती भएको आगलागीमा करिब ४६ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । करिब २.३० बजे स्थानीय हर्कबहादुर चेम्जोङको घरबाट शुरु भएको आगलागीबाट सो घर वरपरका नरहाङ लावती, लोकहाङ लावती, माङगेन्ना सम्बाहाम्फेका मानिसको बसोबास रही रहेका घरहरु जलेर जष्ट भएका हुन ।
त्यस्तै सो ठाउँमा बसोबास नगरी अन्य तीन जनाको घर पनि आगलागीका कारण नोक्सान भएका सो गाउँपालिकाका प्रवक्ता सुसन राईले जानकारी दिए । पदम इवा, बिष्णुबहादुर राई र सञ्चमाया लिम्बुको घर र घर भित्र रहेका सामानहरु जलेर नष्ट भएका उनले बताए । ति घरहरुमा भएको क्षतिको विस्तृत विवरण आइनसके पनि ४६ लाख भन्दा बढीको धनमाल नोक्सान भएको अनुमान गरिएको राईले बताए । आगलागीमा परेका परिवारलाई प्रति परिवार १० हजार रुपैयाँका दरले नगद राहत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।