दमक/आज बिहान झापाको हल्दीबारीमा जंगली हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गएको छ ।
बिहान करिब ४ बजे हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित देउनिया खोलाको पुल नजिकै हात्तीको आक्रमणबाट भद्रपुर ७ का ५३ बर्षिय गिरेन कर्माकारको ज्यान गएको हो । पुलबाट ३०० मिटर उत्तरमा रहेको सो ठाउँका महेन्द्र पोखरेलको चियाबगान छेउमा च्याउ टिप्न गएका कर्मकारलाई हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।