दाङको दङ्गीशरण गाउँपालिकामा चट्याङ लागेर आज दुईजनाको ज्यान गएको छ।

चट्याङ लागेर दङ्गीशरण गाउँपालिका-६ बागरका ३२ वर्षीय समिर केसी र दङ्गीशरण गाउँपालिका-३ चखौराका ३७  वर्षीय रामनारायण चौधरी (वीरेन्द्र) काे ज्यान गएकाे हाे ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

उनीहरुकाे शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीले जनाएकाे छ।

Facebook Comments Box