दमक/ यात्रुबहाक बसको ठक्करबाट झापाको कमल –३ स्थित केर्खा क्याम्पा– कुञ्जीबारी सडकको केराधाप खण्डमा पाँच बर्षिय एक बालकको मृत्यु भएको छ । आज विहिबार केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे १ ख १५१८ नम्वरको यात्रुबहाक बसले पौने ५ बजे ठक्कर दिँदा विद्यालयबाट घर फर्कदै गरेका स्थानीय कमल थापाका ५ वर्षिय छोरा जनम थापाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
घाइते बालकलाई उपचारका लागि दमक तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । स्थानीय कञ्चनजंघा आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत बालक जनमलाई विद्यालय छुट्टी भएर घर फर्कनेक्रममा बसले ठक्कर दिएको थियो । तीब्र गतिमा आइरहेको बसले बालकलाई ठक्कर दिँदा उनको मृत्यु भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । दुर्घटनापछि बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।