गौरादह/ बहुविवाह सम्बन्धि अदालतमा मुद्दा चलिरहेको समयमा दोस्रो विवाह गर्ने एकजनालाई प्रहरीले गौरादहबाट पक्राउ गरेको छ्
पक्राउ पर्नेमा इटहरी १९ का साजन चौधरी रहेका छन । उनलाई प्रहरीले आज (बिहीबार) बिहे मण्डपबाटै पक्राउ गरेको हो ।
गौरादह–२ कि एक युवतीसंग विवाह गरेका चौधरीलाई बेहुली अन्माउने समयमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
स्थानीयका अनुसार चौधरीकी पहिलो पत्नीले सम्बन्धविच्छेद गर्न २०७२ सालमै मुद्दा हालेकी थिईन । ञमुद्दा विचाराधीन अवस्थामै रहेछझ एक स्थानीयले भने– छलेर विवाह गर्न खोजेको रहेछ । बेहुला र बेहुलाको बाबुलाई ईलाका प्रहरी कार्यालयमा राखिएको जनाइएको छ । बेहुला पक्राउ परेपछि जन्तीको बिचल्ली भएको छ ।
