ताप्लेजुङ/ ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचाका एक व्यक्तीलाई आफनै श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
३८ बर्षीय लक्ष्मण चाम्लिङ राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार असार ५ गते सांझ राईले मादक पदार्थ सेवन गरेर आफ्नै श्रीमती ३१ बर्षीया निशा राईलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले आरोपित राईलाई पक्राउ गरेको हो । श्रीमान श्रीमती बिच घरायशी बिषयमा बादबिबाद भएको र बादबिबादकै क्रममा रिसको आवेगमा भान्सा कोठामा रहेको दाउराको चिर्पटले श्रीमतीको टाउकोमा प्रहार गर्दा घटनामास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

 

Facebook Comments Box