दमक/ मोरङको रंगेली नगरपालिका–९ फर्साडागीमा टिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
बुधबार दिउँसो १२ बजे ना.१ क ७२१८ नम्बरको टिपरले बाटो क्रस गर्दै गरेकी स्थानीय ७० बर्षीया मुस्नी राजवंशीलाई ठक्कर दिदा गम्भिर घाईते भएकी थिइन । उनको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो । टिपर नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।