दमक/ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) को झापा जिल्ला कमिटी चयन भएको छ । कमिटीको अध्यक्षमा डिपी सी सर्वसम्मत चयन भएका छन् ।
संगठनको १६ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा डिपी सी, उपाध्यक्ष पदमा सविना सी, सचिवमा आर्यान सी, सहसचिवमा अंकिता सी र कोषाध्यक्षमा नविना सी सहित २५ सदस्यीय जिल्ला कमिटी चयन भएका मेची ब्युरो संयोजक बिनोद सी ले जानकारी दिए ।
बिर्तामोडस्थित कनकाई क्याम्पसको सभाहलमा सम्पन्न सम्मेलनको उदघाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी , अतिथिहरु अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव ललित सी, पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज प्रशान्त सी, झापा जिल्ला सेक्रेटरी सञ्जय सी लगायतले संयुक्त रुपमा उदघाटन गरेका थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुमनसिंह सी अखिल (क्रान्तिकारी) को उद्देश्य बैज्ञानिक शिक्षा प्रणाली लागू गर्नु आवश्यक रहेको बताए ।

 

Facebook Comments Box