काठमाडौ/ नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले बालवालिकाहरुको सर्वाङ्गिण विकासका लागि सवैले प्राथमिकता दिनु पर्ने बताएका छन ।
बालवालिका, किशोर–किशोरी तथा युवाहरुलाई उचित वातावरणमा हुर्कने, शिक्षा तथा स्वास्थ्य सुविध ालिने र रुची अनुसार क्षमता विकासको आधार तयार पार्न राज्यले समेत ध्यानदिँदै आएको समेत उनले उल्लेख गरे । यस प्रकारका कार्यक्रमहरु पर्याप्त नभएकाले तिनै तहका सरकार तथा जनस्तरबाट पनि ध्यान दिईन आवश्यक रहेको उनको भनाई छ ।
सोमबार सिंहदरवार स्थितदलको कार्यालयमा युवाका लागि साथ साथ आवाज नेपालको तर्फबाट बुझाईएको ज्ञापनपत्र बुझ्ने क्रममा उनले आफ्नो पार्टीले विगत देखिनै बालबालिका तथा युवाका सवालहरुलाई प्राथमिकता दिँदै आएको पनि उल्लेख गरे । कार्यक्रममा नेकपा एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य होमबहादुर थापाको समेत उपस्थिती रहेको थियो ।
ज्ञापनपत्रबुझाउने क्रममा सो संस्थाकी कार्यक्रम संयोजक सुरवी राजउपाध्यायले बाल सहभागीता, संस्थागत तथा नीतिगत व्यवस्था, बालबचाउ, बाल संरक्षण र बालविकासका सवालहरुमा दलका नेताहरुको ध्यानाकर्षण गराईएको बताइन ।
नेपालको संविधानले बालबालिकाहरुको हकलाई मौलिकहकको रुपामा व्यवस्था गरेको स्मरण गराउँदै सोहि अनुसारको वातावरण बनाउन नीतिगत सुधारको अपेक्षा सहित विभिन्न दलका नेता तथा सांसदहरुलाई ति विषयबारे जानकारी गराईएको संस्थाका सदस्य सुजन अधिकारीले जानकारी दिए ।