दमक/ कोशी प्रदेश सरकार र पहिचानको माग गर्दै आएको पुनः नामाङ्कन संयुक्त संघर्ष समिति बिच वार्ता सुरु भएको छ । कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेर वार्ताको लागि आउन आग्रह गरेसँगै आज वार्ता सुरु भएको हो ।
कोशी प्रदेश सरकारको वार्ता टोलीका संयोजक तिलप्रसाद मेन्याङ्बो, सदस्यहरू भक्तिप्रसाद सिटौला, बुद्धिकुमार राजभण्डारी छन् । त्यस्तै पहिचानवादीहरूको तर्फबाट वार्ता समितिमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा , गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिथक र पदम जवेगु छन् । सरकारले वार्ताका लागि पत्राचार गरेको एक सातापछि आन्दोलनकारी पक्षले बिच वार्ता सुरु भएको हो । विराटनगरको बिग होटलमा बिहान ९ बजेदेखि वार्ता सुरु भएको हो ।
गत फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि कोशी नामको विरोध भईरहेको छ । कोशी नाम एकल जातीय नाम भएको भन्दै आन्दोलनकारीले पहिचानमा आधारित नाम पुनः राख्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन्
ओलीले पठाएका थिए रेशम चौधरीलाई जुत्ता र ज्याकेट उपहार
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।
सोमबार बिहान बालकोटमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा उहाँहरूले समसामयिक राजनीतिका विषयमा कुराकानी गरेका बताइएको छ ।
यस्तै, उक्त भेटवार्तामा चौधरीले आफू जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा ओलीलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।
चौधरीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटवार्ता गरिसकेका छन् ।