दमक/ दमक नगरपालिकाले आगामी आर्थिक बर्षको बजेटका बिषयमा स्थानीय पत्रकारहरुसंग अन्तर्क्रिया गरेको छ । नगरपालिकाको राजस्व परामर्श समितिको आयोजनामा आज नगरपालिकाको सभाहलमा दमकलाई आधार बनाएर पत्रकारिता गरिरहेका पत्रकारसँग बजेटका बिषयमा छलफल गरेको हो ।

आगामी वजेटमा सञ्चार सम्बन्धी कार्यक्रममा जोड दिने उद्देश्यले आयोजित अन्तर्क्रियामा सहभागिहरुले सञ्चारसहित जनसरोकारका विषयमा बजेट तथा कार्यक्रमका विषयमा सुझाव दिएका छन् । छलफलमा पत्रकारहरुले नगरपालिकालाई सूचनामैत्री बन्न सुझाव दिएका थिए । त्यस्तै नगरपालिकाले शिक्षा, स्वास्थ्य, मानवीय शंसाधनका कार्यक्रममा वजेटको प्राथमिकता हुनुपर्ने उनीहरुले सुझाव दिएका थिए ।
पत्रकारहरुको सुझाव प्रति धन्यवाद दिदै नगर उप-प्रमुख तथा बजेट निर्माण समिति संयोजक रेगिना भट्टराईले पत्रकारिता पेशालाई सुरक्षित तथा प्रर्वद्धन गर्न स्थानीय सरकारले सहयोग पुर्याउने प्रतिवद्धता जनाउनु भयो । आगामी आर्थिक बर्षको बजेटमा शिक्षालाई प्राथमिकता दिएर प्रस्तावित कार्यक्रम बनाईएको भन्दै उहाँले सामुदायीक बिद्यालयको सुधारमा कार्यक्रम बनाईने बताउनु भयो ।
छलफलमा उपप्रमुख भट्टराईसहित प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला, लेखा अधिकृत देवीप्रसाद कोइराला, इन्जिनीयर अनन्त सेनेहाङ लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box