दमक/ २०औ बिश्व रक्तदाता दिवसको अवसर पारेर आज दमकमा आयोजित रक्तदानमा ५३ पिन्ट रगत संकलन भएको छ । होटल व्यबसायी संघ क्षेत्रीय समिति दमकको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा रक्तसञ्चार सेवा केन्द्रको प्राबिधिक सहयोगमा खुल्ला रक्तदानमा १५ महिला र ३९ पुरुष जनाले गरि ५३ पिन्ट रगत संकलन भएको हो ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा संघका अध्यक्ष योगराज दंगाल,महासचिव भुपेन्द्र न्यौपाने , दमक उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष रुवल अधिकारी, संघका पदाधिकारी,सदस्यहरु तथा सर्वसाधारणहरुले रगतदान गरेका थिए । त्यस अवसरमा रक्तदाताहरुलाई प्रंशसापत्र समेत प्रदान गरिएको महासचिव न्यौपानेले बताए ।
होटल व्यबसायी संघ दमकका अध्यक्ष योगराज दंगालको अध्यक्षतामा भएकाृ रक्तदान कार्यक्रममा स्वागत मन्तव्य रमेश दाहालले राखेका थिए ।संघले आफना सदस्य तथा अस्पतालका विरामीहरुलाई लक्षित गरि बर्षेनी रक्तदान कार्यक्रम समेत गरिआएको छ ।