दमक/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पामा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा घर भई हाल मझुवागढी– ७ मा बस्दै आएका ३२ बर्षीय बालजीत राईले मंगलवार राती आफ्नै श्रीमती २८ बर्षीय सरीता तामाङको हत्या गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले बालजितलाई घर नजिकैको जंगलबाट पक्राउ गरेको जनाइएको छ । उनीमाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

 

Facebook Comments Box