दमक/ राष्ट्रिय स्वतन्त्र पार्टीले झापाको गौरादह ९ मा वडा समिति गठन गरेको छ । साविकको बैगुन्धुरा गाविस हाल गौरादहको ९ नम्बर वडाका रुपमा कायम भएको छ ।
त्यहाँस्थित श्रीकृण्ण प्रणामी मन्दिरमा मंगलबार भएको बृहत भेलाले बिमल न्यौपानेको सभापतित्वमा राधिका अधिकारी उपसभापति, दिपेन्द्र दाहाल सचिव रहेको वडा समिति गठन गरेको रास्वपाको संगठन विस्तारमा सक्रिय नेता पुष्प ढकालले जानकारी दिए ।
वडा समितिका सदस्यहरुमा भोज बहादुर बस्नेत, लोकमणी चापागाँई, अरुण सुबेदी, चन्द्र बहादुर ढकाल, सबिता बिशखेँ, कुमारी लिम्बु राजबंशी, बालेन्द्र मानसिँग अधिकारी र कबिता पराजुली रहेका छन । साथै वडाको द्रुत कार्य समुहको संयोजकमा गोबिन्द दाहाल, सदस्यहरुमा सन्तोष गौतम र धन बहादुर खड्कालाई जिम्मेवारी तोकिएको छ । भेलामा १२३ जना वडाबासीको उपस्थिती रहेको जनाइएको छ । रास्वपाले बुधबार सो नगरको वडा नं ६ को वडा भेला आरतीनगरस्थित हनुमान नगर मन्दिरको हलमा आयोजना गरेको जनाइएको छ ।