दमक उवासंघको चुनावी मैदानमा लोकतान्त्रिक व्यवसायीका उम्मेद्वार

Author Nishkarsha News
२०७६ भाद्र १०, मंगलवार ०७:४३

दमक/ यहि भदौ २० गते दमकमा आगामी ३ बर्षे कार्यकालका लागि हुने दमक उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली कांग्रेस निकट लोकतान्त्रिक व्यवसायीहरुको नेतृत्वमा उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

संयुक्त लोकतान्त्रिक व्यवसायीहरुको प्यानलमा साझा र समावेशी प्रतिनिधित्व गर्ने उम्मेद्वार देखिएका छन् ।

संयुक्त लोकतान्त्रिक उद्योग वाणिज्य संघले हिजो साँझ दमकको नमुना मार्गसंगै जोडिएको सडकबीचमा आफ्ना उम्मेद्वारहरु सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका उम्मेद्वारहरुमा अध्यक्ष पदका लागि युवा व्यवसायी तथा अघिल्लो निर्वाचनमा अध्यक्ष पदको प्रत्यासी रही झिनो मतान्तरले पराजित भएका गोकूल श्रेष्ठ रहेका छन् ।

वरिष्ठ उपाध्यक्षमा सुरज आचार्य, प्रथम उपाध्यक्षमा राजु खड्का, द्धितीय उपाध्यक्षमा राजकुमार योङया र तृतीय उपाध्यक्षमा रमा लिम्बु रहेका छन् । ५ जना खुल्ला कार्य समिति सदस्यका लागि चन्द्र खत्री, तुल्सीराम तिम्सिना, नविन अग्रवाल, सञ्जित रौनियार, सुरज लिम्बु र रुपक दाहाल रहेका छन् । त्यसैगरी खुल्ला महिला सदस्य तर्फ दिलु सुब्बा र सुस्मा निरौला ( न्यौपाने) , वस्तुगत तर्फ सदस्यका लागि मोहन ढकाल ( होटल) , भेनस श्रेष्ठ (मोवाइल) प्रकाश नेपाल ( अटो मोाइल्स) रुवल अधिकारी ( सुनचाँदी) र तिलक डाँगी ( ग्याँस विक्रेता) लाई उम्मेद्वार बनाएको छ । लेखा समिति संयोजकमा पारसमणी आचार्य र सदस्यहरुमा दिपेन्द्र तिवारी र सञ्जिव बराल उम्मेद्वार बनेका छन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्