बिर्तामोड /  कोशी प्रदेशमा उच्च वृद्धिको सम्भावना भएका कृषिमा आधारित उद्यम लक्षित ५ महिने आध्यन्त एक्सिलेटरकार्यक्रम अन्तर्गत दोस्रो चरणको बुट क्याम्प सोमबारबाट शुरु भएको छ। झापाको बिर्तामोडमा सिद्धार्थ होटेल एण्ड सिटीमा ३ दिने क्याम्प शुरु भएको हो । सरकारी तथा निजी क्षेत्रका वाणिज्य बैंक, वैकल्पिक कोष व्यवस्थापक आध्यन्त र स्वीस कन्ट्याक्टका बीचमा सम्झौता भई यो कार्यक्रम भइरहेको छ ।

आध्यन्त एक्सिलेटर कार्यक्रम काठमाडौँ बाहिर, प्रदेशलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक भएको हो । यो कार्यक्रम सार्वजनिक निजी साझेदारीको मोडलमा सञ्चालन हुदैछ । यस कार्यक्रमको प्राथमिक लक्ष्य प्रदेशका छनौट भएका १० वटा कृषि व्यवसायहरूको क्षमता बढाई उनीहरूलाई थप लगानी प्राप्त गर्नका लागि पूँजीमा पहुँच पुर्याउन सहयोग गर्नु रहेको आध्यन्त एक्सिलेटर कार्यक्रमका चिफ अप्रेसन अफिसर प्रमेस मान प्रधानले बताए । एक्सेलरेटर कार्यक्रमले कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि आवश्यक स्रोत–सामाग्री र व्यवसायिक परामर्श प्रदान गरी लगानीयोग्य बन्न मद्दत गर्ने आध्यान्तका सुचना बिज्ञ निस्चल सिंह भण्डारीले बताएका छ्न । १० उध्योगका उध्यमीहरु कार्यक्रममा सहभागी  छ्न ।

Facebook Comments Box