दमक/ २०६२/०६३ को जनआन्दोलनपछि नागरिकता ऐन २०६३ अनुसार २०४६ सालअघि स्थायी बसोबास गरिरहेका मानिसहरूलाई जन्मका आधारमा नेपाली नागरिकता दिइएको थियो ।
गृह मन्त्रालयको अभिलेख अनुसार २०७२ साल असोज ३ गते नयाँ संविधान जारी हुनुअघि एक लाख ९० हजार जनाले जन्मसिद्ध नागरिकता लिएका थिए ।
जन्मका आधारमा जारी भएका नेपाली नागरिकताबाहक यि नेपाली नागरिकलाई मुख्य रुपमा लक्षित गरेर संसदबाट पारित भएको नागरिकता बिधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित पनि भयो ।
यो विधेयक कानुनका रुपमा लागू भएसँगै सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश गर्यो । सडकदेखि सदन सम्म यो बिधेयकका बिषयमा बहस तातिएको बेला पूर्वी झापादेखि मध्य मधेस सम्मका विभिन्न जिल्लामा रहेका नेपाली कांग्रेस र सम्बद्ध तरुण दल, नेविसंघका १० जना केन्द्रीय नेतृत्वहरुले संयुक्त विज्ञप्ती निकालेर जन्मका आधारमा नागरिकता जारी भएका नेपालीका छोराछोरी कहिले सम्म अनागरिक भएर बस्नु पर्ने ? भन्दै आवाज बुलन्द गरेका छन ।
शुक्रबार साँझ सार्वजनिक भएको संयुक्त प्रेस विज्ञप्तीमा कांग्रेस बाराका जिल्ला सचिव राजेश रौनियार, महासमिति सदस्य एवं तरुण दल रौतहटका सभापति मो.नैसाद आलाम, झापा ५ का महाधिवेशन प्रतिनिधि निरज अग्रवाल, महोत्तरीका महाधिवेशन प्रतिनिधि प्रेमचन्द्र राय, नेविसंघ पूर्व केन्द्रिय सदस्य विजय राय, नवलपरासी पश्चिमका युवा नेता राकेश गुप्ता, नेविसंघ पूर्व केन्द्रिय सदस्य सञ्जिबकुमार यादव (धनुषा) , सप्तरीका युवा नेता इ.अशोककुमार साह, विन्ध्याबासिनी गाउँपालिका पर्साका सभापति विवेककुमार चौरसियाले हस्ताक्षर गरेका छन ।
नेपालको संविधानको भाग २ (धारा १० – धारा १५) मा रहेको नागरिकता सम्बन्धी व्यवस्था अनुसार कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनि उल्लेख छ , विज्ञप्तीमा भनिएको छ ।
नेपालको संविधान २०७२ प्रारम्भ हुनु भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने बालिग भए पछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ भनि स्पष्ट रुपमा उल्लेख छ ।
विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने भन्ने स्पष्ट रुपमा लेखिएको हुँदाहुँदै पछिल्लो समय संसदबाट नागरिकता विधेयक पारित भई संविधान अनुसारनै राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि संसददेखि सडक सम्म केही राजनीतिक दल, समुहहरुले गरिरहेको विरोधले लाखौं नेपाली नागरिकको भावनामा चोट पुगेको पनि मधेस केन्द्रित कांग्रेसका ति युवा नेताहरुले उल्लेख गरेका छन ।
सबिधान जारी हुनु भन्दा पहिले नेपाली नागरिकता भएका आमा / बाबुका सन्तानलाई नागरिकता प्रदान गरिने छ भन्ने स्पस्ट उल्लेख हुँदा हुँदै पनि राजनीतिक दलहरुको दोहोरो चरित्रका कारण कहिले यो र र कहिले त्यो दलको बिरोधका कारण लाखौ युबाहरुको भबिष्यमाथी खेलबाड भईरहेको छ –विज्ञप्तीमा अगाडी भनिएको छ ।

Facebook Comments Box